काठमाडौं, ३० पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफले हिमालयन शेर्पामाथि जित निकालेको छ ।
शुक्रबार भएको खेलमा एपीएफले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एपीएफलाई जित दिलाउन आवाश लामिछानेले निर्णायक गोल गरेका थिए ।
पहिलो हाफको इन्जुरी समयमा आवाशले गोल गरेका थिए ।
यस जितसँगै एपीएफले ९ खेलमा १० अंक जोड्दै दशौँ स्थानमा उक्लिएको छ ।
हिमालयनले ९ खेलमा ११ अंक जोड्दै छैटौं स्थानमा रहेको छ । तस्विरः एन्फा




प्रतिक्रिया