इंग्लिस प्रिमियर लिगः घरेलु मैदानमा सिटीको जित


काठमाडौं, २ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले चेल्सीमाथि जित निकालेको छ ।

शनिबार भएको खेलमा सिटीले चेल्सीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

सिटीको घरेलु मैदानमा भएको खेलमा ७०औं मिनेटमा केभिन डे ब्रुएनाले निर्णायक गोल गरे ।

यस जितसँगै सिटी ५६ अंकका साथ शीर्ष स्थानमा यथावत रहेको छ ।

यस्तै, ४३ अंक जोडेको चेल्सी दोस्रो स्थानमा रहेको छ ।