प्रकाशमान सिंहकाे प्रश्न : महत्त्वपूर्ण निर्णयमा ढुलमुले कुरा गर्ने, अनि क्रान्तिकारी भाषण दिने ?


काठमाडाैं, ९ चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संकटमा मुलुकलाई नेतृत्व प्रदान गर्नेसक्ने पार्टी कांग्रेस मात्रै भएको बताएका छन् । ठूला राजनीतिक परिवर्तनको नेतृत्व पनि कांग्रेसले नै गरेको र अस्थिरताबाट निकाससँगै जनताले चाहेको विकास कांग्रेसले नै दिएको भन्दै उनले अनावश्यक भ्रमको पछि नलाग्न आग्रह गरे ।

आज काठमाडाैंको शंखमुलमा ‘घर घर जाऊ, कांग्रेस जिताऊ’ अभियान अन्तर्गत आयोजना गरेको भेटघाट कार्यक्रममा नेता सिंह देश संकटमा पर्दा काम गर्न नसक्ने, महत्त्वपूर्ण निर्णय लिनुपर्ने बेला ढुलमुले कुरा गर्ने अनि क्रान्तिकारी भाषण दिने भन्दै कम्युनिस्ट दलहरुप्रति आक्राेश पाेखे ।

अब देशकाे हित गर्ने पार्टी र ढुलमुले पार्टी छट्याउनुपर्ने नेता सिंहले बताए । कांग्रेसले मुलुकको राजनीति र सामाजिक आर्थिक रुपान्तरणका लागि महत्त्वपूर्ण भूमिका खेलेकाे भन्दै उनले कामै नगर्ने दलहरुकाे सपनाको पछि नलाग्न आह्वान गरे । सिंहले ताेकिएकाे मितिमा स्थानीय तहकाे निर्वाचन हुने भएकाले टाेलटाेलका खटिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

Skip This

Omoda E5 Pro