‘लिङदेन र शाहीले कांग्रेसले के गर्छ भन्दा कार्यकर्ताले शिर निहुराउन परेको छ’


काठमाडौं, १० चैत्र । नेपाली कांग्रेस भरतपुर महानगर चितवनले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महानगरका कांग्रेस उपसभापति बुद्धि न्यौपानेले पञ्चायत कालमा कांग्रेसलाई पिट्दै हिड्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आज कांग्रेसले के गर्छ भन्दै हिडेको बताए ।

महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यमा गिरिजाप्रसाद कोइरालाको १२औं स्मृति दिवसको अवसरमा गरिएको उक्त कार्यक्रममा बोल्दै न्यौपानेले लिङदेन र प्रवक्ता ज्ञानेन्द्र शाहीले कांग्रेसले के गर्छ भन्दै गर्दा कांग्रेसका कार्यकर्ताको शिर निहुरीएको गुनासो पोखे।

पुराना नेताहरुको कारण आज कांग्रेस रहेको भन्दै उपसभापतिले आगामी चुनावमा गठबन्धन हुने कि नहुने कार्यकर्तालाई स्पष्ट पार्न समेत महामन्त्री शर्मालाई आग्रह गरेका थिए । निकै आक्रोसित भएका नेता न्यौपानेले अब नेतृत्वले राम्रो काम नगरे आउने पिढीले अहिलेका नेतारुको फोटो अगाडी नराख्ने समेत चेतावनी दिए ।

‘तपाईहरु जहाँ जोसँग पनि हात मिलाइदिनुहुन्छ । कांग्रेस जोगाउन हो भने आफैमा अडिग हुन तयार हुनुस् । हामी कार्यकर्ता कै साथ र सहयोगले तपाईलाई १४ महाधिवेनबाट सबै भन्दा बढि मत दिएर महामन्त्री बनाएका हौ ।’ पुराना नेताहरु पदको लागि कसैसँग सम्झौता नगरेको उल्लेख गर्दै उनले भने,‘आज तपाईहरुका काम देखेर सबै कार्यकर्ता निरास बनेका छन् । यो कुरा बुझ्नुहोला ! नेपाली कांग्रेसले सधै कार्यकर्तालाइ दुःख मात्रै दिने स्थान नदिने किन ?’ उनले देश र राष्ट्रियता प्रति बफादार कांग्रेस हुन नसकेको भन्दै बफादर हुन पनि नेतृत्वलाई आग्रह गरेका थिए ।

Skip This

Omoda E5 Pro