औद्योगिक वस्तुको आयात घट्यो, उपभोग्य वस्तुको बढ्यो


काठमाडौं, बैशाख ४ । चालू आर्थिक वर्षको आठ महिनासम्ममा मुख्य औद्योगिक कच्चा पदार्थ तथा तयारी वस्तु आयातमा उल्लेख्य कमी आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको आठ महिनामा कुल वस्तु आयात २८.६ प्रतिशतले वृद्धि भई १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ बराबर पुगेको छ। तर, यसमा औद्योगिक वस्तुको आयात घटेको र उपभोग्य वस्तुको बढेको तथ्याङ्क छ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको आठ महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार सिमेन्ट आयात सबैभन्दा बढी ८४ प्रतिशतले घटेको छ।

यस्तै, एमएस विलेट आयातमा २४ प्रतिशतले कमी आएको छ भने सुगर मोलासिस आयात पनि ७२.४ प्रतिशतले घटेको छ। फागुन मसान्तसम्ममा कच्चा कटन आयातमा १७।९ प्रतिशतले कमी आएको र उपभोग्य वस्तुतर्फ नुन र चिया आयातमा कमी आएको प्रतिवेदनमा उल्लेख छ। कारोबार दैनिकबाट

 

 

Skip This

Omoda E5 Pro