नेप्सेमा आज पनि २० अंकको पहिरो


काठमाडौं, १५ बैशाख । शेयर बजारमा आज पनि दोहोरो अंकको गिरावट आएको छ । बिहीबार नेप्से परिसुचक २० अंकले घटेर २३ सय ५६ दशमलव १७ विन्दुमा थामिएको हो ।

त्यस्तै, ४ सेन्सेटिभ इन्डेक्स पनि आज ४ दशमलव ३२ अंकले घटेर ४५० दशमलव २४ विन्दु कायम भएको छ ।

आज २२६ कम्पनीको १ अर्ब ४९ करोड ६२ लाख ४६ हजार ८०८ रुपैयाँ बराबरको ४५ लाख ७४ हजार ५२० कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।