सल्यानको कुमाखमा माओवादीले बनायो १११ सदस्यीय निर्वाचन परिचालन समिति


सल्यान, बैशाख १८ । आगामी बैशाख ३० गतेको निर्वाचनलाई कन्द्रित गरेर नेकपा (माओवादी केन्द्र)ले कुमाख गाउँपालिकामा निर्वाचन परिचालन समति गठन गरेको छ । पार्टीकी प्रदेश कमिटी सदस्य तथा गाउँपालिका इन्चार्ज दिलमाया बुढामगर संयोजकत्वमा १११ सदस्यीय निर्वाचन परिचालन मुल समिति गठन गरेका हो ।

मुल समितिमा प्रदेश समिति सदस्य तथा सल्लाहकार, जिल्ला समन्वय समिति सदस्य तथा सल्लाहकार र गाउँ समिति सदस्य तथा सल्लाहकार र वडा अध्यक्ष तथा सबै जबस मोर्चाका प्रमुख रहेका छन । पार्टीका अध्यक्ष तथा गाउँपालिका अध्यक्षका उम्मेद्वार डिल्लीराज जैशीको अध्यक्षतामा बसेको बैठकले पार्टीको प्रतिबद्धता पत्रका निर्माणका लागि लागि गणेश शाही, आर्थिक समितिमा धर्मे बुढा ज्वाला, यातायात ब्यबस्थापन समितिमा तिलविर बुढाथोकी भेरी, प्रचार प्रसार समितिमा भिम मल्ललाइ संयाजकको जिम्मेवारी दिएको छ । । हरेक समितिमा ५ सदस्य रहनेछन भने पार्टीले सबैलाइ परिचालन गरेर निर्वाचनमा जानेछ ।

त्यस्तै हरेक बुथ केन्द्रमा १०० सदस्यीय मत सुरक्षा टिम तयार हुने पार्टीका नेता गणेश शाहीले जानकारी दिएका छन । बैठकले बैशाख १८ गते देखि २० गते सम्म वडा पार्टीका बैठक तथा उम्मेदवार सहितको जनभेटघाट, बैशाख २१ गते देखि २७ गते सम्म वडा स्तरिय जनसभा गर्ने निर्णय गरेकोे छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का उम्मेदवार हरुलालाई विजय गराउन सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी गाउँ समिति र वडा समिति तथा जवस मोर्चालाइ परिचालन गर्दै आम जनसमुदायलाइ सहयोगको लागि अपिल गर्ने निर्णय गरेको छ । पार्टीले निति विधि विपरीत स्वतन्त्र उम्मेदवार दिई जानेलाई समेत पार्टीको आधिकारिक उम्मेद्वारहरु जिताउन अपिल गरेको छ ।

स्वतन्त्र उम्मेद्वारी दिएका वडा नं। ५ का उम्मेद्वार पुराना नेता शंकर बुढाथोकीले उम्मेद्वारी फिर्ता लिदै आधिकारीकलाइ जिताउने बताए ।
आफुले स्वतन्त्र उम्मेदवारी दिए पनि समय अभावका कारण फिर्ता नलिएपनि आधिकारिक उम्मेदवार लाई साथ लिने वडाध्यक्ष पदमा उम्मेद्वारी दिएका गोरख थापा, अकबोर बोहरा र प्रेम भाटले बताए । पार्टी भन्दा व्यक्ती र पद ठुलो नहुने भएकाले नेताहरुले कुमाखमा माओवादीले नै जित्नेगरी लाग्नुपर्ने बताएका छन ।