बाजुराको बुढीनन्दा ८ मा आज पुनः मतदान हुँदै


बाजुरा, जेठ ३ । बाजुराको बुढीनन्दा नगरपालिका–८ मा रहेको पिस क्रियटर जोन एकेडेमीको मतदान केन्द्रमा पुनः मतदान भइरहेको छ।

वैशाख ३० गते स्थगित भएको मतदान निर्वाचन आयोगले जेठ ३ गते अर्थात आज पुनः गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार उक्त मतदान केन्द्रमा मंगलबार पुनः मतदान भइरहेको हो। उक्त मतदान केन्द्रमा ८६४ मतदाता रहेका छन्। मतदानका लागि जिल्ला सुरक्षा समितिले सुरक्षामा कडाई गरेको छ।

Skip This

Omoda E5 Pro