एमालेलाई हराउँदै हल्दीबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाका लिङ्देन विजयी


झापा, जेठ ४ । झापाको हल्दीबारी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्रप्रसाद लिङ्देन ६८५६ मतसहित अध्यक्षमा दोहरिएका छन् ।

लिङ्देनका प्रतिस्पर्धी नेकपा एमालेका डम्बरबहादुर गिरीले ४६६६ मत प्राप्त गरेका छन्। यस्तै, कांग्रेसका तुलसीप्रसाद ओली २७५८ मतसहित तेस्रो स्थानमा रहेका छन्।

उपाध्यक्षमा पनि राप्रपाकै लक्ष्मीदेवी मैनाली विजयी भएकी छन्। उनले ५०७८ मत ल्याएर विजयी भएकी हुन्। उनका प्रतिद्वन्द्वी एमालेकी शान्तादेवी गौतमले ४१०६ मत प्राप्त गरेकी छन्।

यस्तै, उपाध्यक्षका स्वतन्त्र उम्मेदवार लखम हेमरमले ३७०० मत ल्याएका छन्।

Skip This

Omoda E5 Pro