काठमाडौं, १४ असार । वामदेव गौतम नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गरेका छन् । काठमाडौंमा आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सो पार्टीको घोषणा गरिएको हो।
सो पार्टीको केन्द्रीय कमिटी ७५ सदस्य, १५ सदस्यबाट नबढ्ने गरी स्थायी कमिटी रहने केन्द्रीय सदस्य निमकान्त पाण्डेले जानकारी दिए । उनकाअनुसार पार्टी बहुपदीय प्रणाली रहनेछ ।
केन्द्रीय कार्यसमितिमा एक अध्यक्ष, प्रत्येक प्रदेशसको ईञ्चार्जको जिम्मेवारी बहन गर्नेगरी सात उपाध्यक्ष, संगठनात्मक जिम्मेवारी पूरा गर्नेगरी एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने गरी व्यवस्था गरिएको पाण्डेले जानकारी दिए ।





प्रतिक्रिया