बझाङमा जीप दुर्घटना : ४ जनाको मृत्यु, नम्बर प्लेट भेटिएन


काठमाडौं, २ कात्तिक । बझाङमा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । मष्टा गाउँपालिका–४ को चिउरीमा आज दिउँसो जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीप डुंङ्ग्रीबाट मष्टातर्फ जादै थियो । घाइतेहरुलाई थप उपचारको लागि स्थानीय अस्पताल पठाइएको प्रहरीले जनाएको छ। जीपको नम्बर प्लेट नभेटिएको प्रहरीले जनाएको छ ।