काठमाडौं, पुस ५ । उपचारका लागि चीनमा रहेका नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ आज स्वदेश फर्कंदै छन्। स्वास्थ्य सुधारोन्मुख भएपछि उनी आज १ बजे नेपाल आइपुग्ने कार्यक्रम छ। उनी गत मंसिर १६ गते उपचारका लागि चीन गएका थिए।
नेता पुनलाई वंशाणुगत रूपमा रहेको पुरानो रोग जण्डिसले फेरि सताएपछि उपचारका लागि चीन गएका थिए।




प्रतिक्रिया