काठमाडौं, २६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत प्राप्त गरेका छन्।
उनलाई २ सय ६८ जना सांसद्ले विश्वासको मत दिएको सभामुख पशुपति शमशेर जबराले जानकारी दिए।
संसद्मा १ सय ७० जना सांसद्को उपस्थिति रहेको थियो।
यस्तै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नहाल्ने पक्षमा २ सांसद्रहेका थिए।
हाल संसद्मा कांग्रेस ८९, एमाले ७८, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राप्रपा १४, जसपा १२, नेकपा एस १०, जनमत पार्टी ६, लोसपा ४, नागरिक उन्मुक्ति ३, नेमकिपा १, राजमो १ र पाँच जना स्वतन्त्र सांसद रहेका छन्।
प्रचण्डलाई कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, नेकपा एस, जनमत, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका छन्।




प्रतिक्रिया