काठमाडौं, ३ माघ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफू अग्नि परीक्षामा होमिने निर्णयमा पुगेको उल्लेख गरेका छन् । अहिले केहीबेरमा उनले उपप्रधान एवम् उर्जामन्त्रीको सपथ खाँदैछन् । तर, सपथ खानुअघि उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा पनि सार्वजनिक गरेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्–‘आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ, जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो । प्रियजनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु । धैर्यता र सहयोगका लागि अपिल गर्दछु ।’
आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो।
प्रिय जनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु !
धैर्यता र सहयोगका लागि अपिल गर्दछु !!— Rajendra Lingden (@RajendraLingden) January 17, 2023




प्रतिक्रिया