प्रधानमन्त्रीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक सुरु


काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा बोलाईएको सर्वदलीय बैठक सुरु भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको सहभागिता रहेको छ ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेताहरु रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का र रमेश लेखक सहभागी छन् । एमालेबाट अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।

जनमत पार्टीबाट उपाध्यक्ष अब्दुल खान, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ, स्वतन्त्र सांसद अमरेशकुमार सिंहलगायत बैठकमा सहभागी छन् । Photo By: Pradeep Raj Onta/RSS