काठमाडौं, ४ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बुधबार बसेको बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको छ ।
सभामुखको निर्वाचनबारे पार्टीले भोलिसम्ममा निर्णय गर्ने भएको छ ।
पार्टीका संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रकाश अधिकारीले यस विषयमा नेपाली काङ्ग्रेससँग छलफल गर्ने तय भएको छ ।




प्रतिक्रिया