काठमाडौं, ९ माघ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले वरिष्ठ नेता शेखर कोइराला समूहले आफ्नो निहित स्वार्थलाई केन्द्रमा राखेर छलफल गरेको भन्दै त्यसको पार्टीका लागि कुनै अर्थ नभएको टिप्पणी गरेका छन् । हिजोबाट शेखर समूह आन्तरिक छलफलमा जुटेको थियो । कोइराला पक्षको उक्त भेलालाई लक्षित गरेर महरले आफ्नो आक्रोश पोखेका हुन् ।
उनले फेशबुकमा लेखेका छन्-
नेपाली कांग्रेसमा विधान विपरीत निरन्तर पदाधिकारी बैठकको अभ्यास भइरहेको छ । विचार समूहका नाममा हुने बैठकमा पनि पार्टी विधानसम्मत सञ्चालनको विषय प्राथमिकतामा पर्दैन । केवल आफ्नो निहित स्वार्थलाई केन्द्रमा राखेर हुने छलफलको पार्टीका लागि के अर्थ रु
१( भ्रातृ संस्थाको ६ देखि १६ वर्षसम्म अधिवेशन हुन नसक्दा नेतृत्व विकासमा ठूलो भ्याकुम खडा भएको छ । सबै भ्रातृ संस्थाको विधान संशोधन गरेर पदाधिकारी सहित ठूलो संख्यामा कमिटी ल्याउन पार्टीका लागि हितकर हुन्छ ।
२( विधनाअनुसार भ्रातृ संस्था र पार्टीका विभागमा साथीहरुलाई जिम्मेवारी दिएर संगठन निर्माणको मैदानमा उर्तान अब पनि ढिलो गर्नुहुँदैन ।
३( सरकारमा स्वार्थ बाँझिएका र विभिन्न काण्डमा जोडिएको व्यक्तिहरु बसेका छन ।तिनीहरुको भण्डाफोर गर्न काँग्रेसका हाम्रा सांसदलाई केले रोकेको छ रु हामी किन बोलिरहेका छैनौं रु




प्रतिक्रिया