अनेरास्ववियू केन्द्रीय पदाधिकारी बैठक सम्पन्न


काठमाडौं, ११ माघ । नेकपा (एकीकृत समाजवादी)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी यूनियन(अनेरास्ववियू) केन्द्रीय कमिटी पदाधिकारीको बैठक आज सम्पन्न भएको छ।

बैठक पार्टीका पोलिटव्यूरो सदस्य एवं विद्यार्थी इन्चार्ज रामकुमार भट्टराईको प्रमुख आतिथ्यता सम्पन्न भएको अनेरास्ववियूले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै जनाएको छ।

बैठकमा मध्यपश्चिम विश्वविद्यालयले चैत्र ३ गते गरेको स्ववियू निर्वाचन घोषणाको स्वागत गर्ने, मंगलबारमात्रै आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलगायतका विषयमा विभिन्न निर्णय भएको अनेरास्ववियूले जनाएको छ।