काठमाडौं, ११ माघ । क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने मोरङ मिक्लाजुङ गाउँपालिका-९ का २९ वर्षीय साहिल बस्नेत रहेका छन्।
प्रहरीले उनलाई सोमबार साँझ पक्राउ गरेको हो।
बस्नेतले वैदेशिक रोजगारीमा क्रोएसियाको प्रतिष्ठित कम्पनीमा मासिक १ लाखभन्दा बढी कमाई हुने गरी फुडप्याकिङको काम लागइदिने र त्यसको लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरुबाट उक्त रकम ठगी गरेको भन्ने वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई सिनामंगलबाट पक्राउ गरिएको हो।




प्रतिक्रिया