काठमाडौं, ५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा वैदेशिक रोजगारी जाने युवाहरूलाई सरकारी ऋणपत्र उपलब्ध गराइने भएको छ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन्।
सरकारी ऋण पत्र उपलब्ध गराउनुको साथै निजी क्षेत्रका आयोजनाको प्राथमिक सेयरमा लगानी गर्न प्रेरित गर्ने राष्ट्रपति पौडेलले बताए।
यस्तै, न्यून आय भएका वर्ग र समुदायलाई स्थानीय तहमार्फत् लघु बीमा गराउन सहजीकरण गरिने उनले बताए।




प्रतिक्रिया