काठमाडौं, ३० असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ दलहरूलाई खहरे खोलाको संज्ञा दिएका छन्।
उनले नयाँ दलहरू अहिलेको खहरे खोला भएको र खहरे खोलाबाट बिजुली निकाल्न नसकिने बताउँदै भने, ‘यो देश आफैँमा पनि पुरानो हो। पुरानो नाता सम्बन्धहरुलाई तोडिराखेर नयाँ नयाँ भनिराखेर बग्दै गरेको खहरेबाट बिजुली निकाल्न सकिँदैन। हामीले बिर्सिनु हुँदैन। निरन्तर बगिरहेका नदीहरुबाट नै देशले विद्युत उत्पादन गर्नसक्छ भन्नेकुरा हामीले बिर्सिनु हुँदैन।’
यस्तै, उनले साउन २ गते बस्ने केन्द्रीय समितिको बैठकले नीति अधिवेशनको मिति घोषणा गर्ने र राष्ट्रव्यापी रूपमा अभियान घोषणा गरी पुरानो दललाई तरोतजकी बनाएर नवीन बनाउने क्रम सुरूवात हुने बताए।




प्रतिक्रिया