समयानुसार नचल्ने पार्टी इतिहासमा सीमित छन् त्यसैले माओवादीलाई स्मार्ट बनाउन जरूरी छ : नेता पुन


काठमाडौं, २७ श्रावण । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनल समयानुसार चल्न नसक्ने पार्टी इतिहासमा सीमित भएको बताएका छन्।

शनिबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पुनले समयानुसार चल्न नसक्ने पार्टी इतिहासमा सीमित भएको र माओवादीलाई स्मार्ट बनाउन जरूरी रहेको बताएका हुन्।

उनले भने, ‘समयअनुसार चल्न नसक्ने पार्टीहरु इतिहासमा सीमित भएका छन्। अहिलेको साइबर युगमा स्मार्ट पार्टी बनाउन जरूरी छ, त्यस्तो पार्टीले मात्र आजको युगको सही प्रतिनिधित्व गर्न सक्छ।’

यस्तै, नेता पुनले महिला अधिकार स्थापित गर्न र समाजमा महिलाहरूको सम्मान तथा सहभागिता वृद्धि गर्न आफूहरुको आन्दोलनले धेरै ठूलो योगदान गरेको उल्लेख गरे।