अनिल केशरी शाहसहित रास्वपामा थप ५ जना केन्द्रीय सदस्य मनोनीत


काठमाडौं,१३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पाँच जना केन्द्रीय सदस्य थप गरिएको छ।

मंगलबारबाट महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति बैठकले पुकार बमसहित थप ५ जनालाई केन्द्रीय सदस्य मनोनीय गरेको हो

यसअघि बुधबार नै १४ जनालाई केन्द्रीय सदस्य मनोनीत गरिएको थियो।

अनिल केशरी शाह, राजन गौतम, डा. नन्दन यादव,पुकार बम, कामिनी चौधरीलाई केन्द्रीय सदस्य मनोनीत गरिएको हो। उनीहरु मनोनीत भएसँगै रास्वपाको केन्द्रीय समित ५७ सदिस्यीय भएको छ ।

Skip This

Omoda E5 Pro