एनसेलविरुद्ध अमरेशको मुद्दा राउतको इजलासमा


काठमाडौं,३ पुस । प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले एनसेलको शेयर खरिदबिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट सुनुवाइका लागि न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासमा पेशी परेको छ ।

गत शुक्रबार दायर भएको उक्त रिट आज लगातार नवौं दिन पेशीमा परेको हो । यसअघि उक्त रिट सदैव पेशीमा परेपनि हेर्न नभ्याईनेमा पर्दै आएको छ ।

सांसद सिंहले गत शुक्रबार सर्वोच्चमा रिट हालेका हुन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,नेपाल दूर सञ्चार प्राधिकरण,कम्पनी रजिष्ट्रारको कार्यालय,आन्तरिक राजश्व विभाग र एनसेललाई विपक्षी बनाएर शुक्रबार दर्ता गराएका थिए ।

यस अघि उच्च अदालत पाटनमा परेको एनसेलविरुद्ध परेको रिट निवेदनमा अल्पकालीन अन्तरिम आदेश जारी भैसकेको छ। एनसेलको शेयर खरिद बिक्री प्रक्रिया रोक्नका लागि आदेश भैसकेको छ। उच्च अदालत पाटनको आदेश बमोजिम पनि एनसेलले शेयर बिक्री गर्न नपाउने भैसकेको छ।

सात वर्षअघि १ खर्ब ४४ अर्बमा एनसेलको ८० प्रतिशत शेयर खरिद गरेको मलेसियाको आजियाटा कम्पनीले हालसालै नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट युकेलाई जम्मा ६ अर्ब ५० करोडमा बिक्री गरेको गरेपछि विवाद भएको हो।

Skip This

Omoda E5 Pro