काठमाडौं, २८ पुष । जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक तथा पूर्वमन्त्री प्रदीप यादवले केन्द्र सरकारले प्रदेशलाई अधिकार नदिएको भन्दै गुनासो पोखेका छन् । उनले देशमा नामको संघीयतामात्रै रहेको र कामको संघीयता नरहेको टिप्पणी गरेका छन् ।
आज विहान नेपाली रेडियो नेटर्वकबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले मुख्यमन्त्रीको अधिकार त सिडिओभन्दा पनि कम रहेको बताए ।
उनले अहिलेसम्म प्रहरी समायोजन नहुनु दुःखद् भएको टिप्पणी गरे । उनले मुलुकमा व्याप्त भ्रष्टाचारलाई रोक्नुपर्ने सुझाए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासनको सवालमा कसैको पनि मुख नहेरी आफ्नो कदम चाल्नुपर्ने सुझाव दिए ।




प्रतिक्रिया