काठमाडौं, २९, जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन केही सुझावसहित सर्वसम्मले पारित भएको छ। कूल ३१ पृष्ठको उक्त प्रतिवेदन अध्यक्ष यादवले जनकपुरमा जारी महाधिवेशनको बन्द सत्रमा प्राप्त सुझावलाई समेटेर संशोधन गर्ने बताएका छन् ।
अध्यक्ष यादवले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि महाधिवेशन अन्तर्गतको बन्द सत्रमा समूहगत छलफल सुरु भएको थियो । प्रतिवेदन उपर छलफल गर्न प्रतिनिधिहरुलाई विभिन्न १० वटा समूहमा विभाजन गरिएको थियो ।
यसैगरी, पूर्वमन्त्री विजय यादवले पेश गरेका पार्टीको आय–ब्यय प्रतिवेदन र लेखा आयोग प्रमुख अमरेश नारायण सिंहले प्रस्तुत गरेका पार्टीको लेखा परिक्षण पनि सर्व सम्मतले पारित भएको छ।
राजनीतिक प्रतिवेदनउपर प्राप्त सुझावका मुख्य अंशः
- तराईरमधेशलाई मरुभूमिकरण हुनबाट जोगाउन पार्टीले ठोस नीति र पहलकदमी लिनु पर्ने,
- पार्टीको नारामा ‘पहिचान’ शब्द समेटनु पर्ने,
- मधेश प्रदेशलाई पार्टीको मुख्य आधार क्षेत्र किटान गरी देशैभरी संगठन निर्माण अभियानलाई तिब्र बनाउनु पर्ने,
- जसपा नेपालमाथि मात्रै खनिने र आक्रमण गर्दै आएको जनमत पार्टीलाई मुख्य शत्रु किटान गर्नुपर्ने,
- लोसपा लगायतका विचार मिल्ने लोकतान्त्रिक एवं उदारवादी पार्टीसँग एकता गरी जसपा नेपाललाई थप बलियो बनाउनु पर्ने,
- प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जाने नीति पारित गर्नुपर्ने,
- संबिधान र पार्टीको विधानमा ब्यवस्था गरिएको ३३ प्रतिशत महिला सहभागिताको नीतिलाई पार्टीको हरेक निकायमा लागू गर्नु पर्ने,
- विदेशी एवं छिमेकी सँगको सम्बन्ध र नीति बारे पार्टी प्रस्ट हुनु पर्ने, खासगरी छिमेकी मुलुक भारतसँग सम्बन्ध सुधारको लागी स्पष्ट नीति ल्याउनु पर्नेमा जोड़,
- पूर्वी नेपालमा पहिचानमा आधारित प्रदेश निर्माण र कोशी नाम खारेजीको लागि आन्दोलन घोषणा गर्नु पर्ने,




प्रतिक्रिया