ओली क्याविनेटमा दलितको प्रतिनिधित्व शून्य भएपछि भीमार्जुनले लेखे : दलितको नाममा सबैले धेरै राजनीति गरे


काठमाडौं, ३१ असार । संविधानविद् डा. भीमार्जुन आचार्यले अहिलेको नयाँ सरकारमा एक जनापनि दलित प्रतिनिधित्व नभएपछि आलोचना गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा २२ सदस्य मन्त्रिपरिषद्मा एकजना पनि दलितको प्रतिनिधित्व नभएपछि संविधान आचार्यले आलोचना गरेका छन् । उनले दलितका नाममा सबैले धेरै नै राजनीति गरेको र त्यसमा पनि कम्युनिष्टहरुले त अझै बढी राजनीति गरेको टिप्पणी गरेका छन् ।

उनले फेशबुकमा लेखेका छन्–

दलितका नाममा सबैले धेरै राजनीति गरे । कम्युनिष्टहरूले त अझ बढी गरे । न हिजो प्रचण्ड नेतृत्वको सरकार न आज ओली नेतृत्वको सरकार, दलितलाई कुनै स्थान दिइएन । होइन, भनाइ र गराइमा यति ठूलो खाडल हाम्रा नेताहरूमा कसरी रहन्छ रु मन्त्रिपरिषद्मा दलितको प्रतिनिधित्व तत्काल गराउन म आग्रह गर्दछु।