पूर्वराजा ज्ञानेन्द्रलाई नोबेल पुरस्कारको लागि सिफारिस गर्न राजेन्द्र लिङ्देनको माग


काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शान्ति प्रक्रियामा सहयोग पुर्‍याएवापत पूर्वराजा ज्ञानेन्द्र शाहलाई नोबेल शान्ति पुरस्कारका लागि दलहरूले सिफारिस गर्नुपर्ने बताएका छन् ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा टीआरसी विधेयकमाथि छलफलमा भाग लिँदै उनले पूर्वराजालाई बिर्सन नहुने बताए । ‘द्वन्द्व सम्झौताबाट टुंगिएको हो । समझौताको एउटा पक्ष राजालाई दलहरूलाई सम्झनुर्थ्यो । जसले राजगद्दी छाड्न तयार भयो र शान्ति पक्रियामा साथ दियो । आज सम्झनुपर्छ त्यति पूर्वाग्राही बन्न हुन्न । आफ्नो दर्शन र मान्यता छन् । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राजाको योजदान छैन ?’ ।