चिकित्सकहरुलाई आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन सरकारको आग्रह


काठमाडौं, ९ असोज  । सरकारले चिकित्सक संघले गरेको आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैंठकले चाडबाडको समयमा स्वास्थ्य संस्था बन्दा गर्दा नकरात्मक सन्देश जाने भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको हो ।

बैंठकपछि सुचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले प्रधानमन्त्री विदेश भ्रमणको समयमा चिकित्सक संघले आन्दोलन गर्नु अनपुयुक्त भएको भन्दै प्रधानमन्त्री स्वदेश फर्कीए लगत्तै उनीहरुका जायज मागको सम्बोधन हुने बताए ।

उपचारको क्रममा चिकित्सकको लापरवाहिका कारण विरामीको मृत्यु भए सम्बन्धित चिकित्सकबाट क्षतिपूर्ति भराउने सरकारको निर्णयविरुद्ध चिकित्सकहरु आन्दोलनमा छन् ।

चिकित्सक संघले बहिरंग, ओपिडि,लगायतका सेवा बन्द गर्दै आएको छ । सरकारले चिकित्सकको लापरवाहिले विरामीको मृत्यु भएमा घटनाको छानविन र क्षतिपूर्तिको लागि आवश्यक निर्णय गर्नको लागि स्वास्थ्य मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।