नेपालमा चट्याङले वर्षेनी ८२ जनाको मृत्यु


काठमाडौं, १० असार । नेपालमा चट्याङले वर्षेनी ८२ जनाको ज्यान जाने गरेको छ । राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रले जनाएअनुसार चट्याङले ठूलो जनधनको क्षति गराउँदै आएको छ ।

दाङमा मात्र मङ्गलबार चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ । झापामा एक जना घाइते भएका छन् । जामुनको रुखमुनी बसेर जामुन खाँदै गरेका उनीहरुलाई चट्याङ लागेको थियो । साँझ मौरिघाट मावि परिसरमा रहेको जामुनको रुखमुनी घटना भएको थियो ।

मृत्यु हुनेहरमा १० वर्षीय रमित चौधरी, १२ वर्षीय साजन चौधरी र १३ वर्षीय विवेक चौधरी छन् । ८ वर्षीय अविनाश चौधरीको उपचार भइरहेको छ । चट्याङ लागेर यो वर्ष ३१ जनाको चट्याङबाट मृत्यु हुनाको साथै एक सय ३९ जना घाइते भएका छन् । गत वर्ष नेपालमा चट्याङका कारण ६८ जनाको मृत्यु भएको थियो । केन्द्रका अनुसार गतवर्ष चार सय घाइते भएका थिए ।

चट्याङबाट बच्ने उपाय

चट्याङबाट बच्न अग्लो र एक्लो रुखमा ओत लाग्न हुँदैन । पानीमा बस्नु हुँदैन, खुल्ला मैदानमा रहनु हुँदैन, धातुको तारबार नजिक बस्न हुँदैन, मैदानमा सुत्न हुँदैन, मानिसको समूहमा रहनु हुँदैन, खेलहरु तुरुन्त बन्द गर्नुपर्छ, चट्याङ परेको समयमा घरबाट सकेसम्म बाहिर निस्कन हुँदैन, तार सहितको टेलिफोन प्रयोग गरी कुरा गर्नु हुँदैन, टिभि, कम्प्युटर, फ्रिज, वासिङ्ग मेशिन आदि प्रयोग गर्नु हुँदैन ।

Skip This

Omoda E5 Pro