सञ्चारमन्त्रीले गरे एकीकृत हुलाक भवनको निरीक्षण


काठमाडौँ। सञ्चार तथा सूचनामन्त्री डा. विक्रम तिमिल्सिनाले एकीकृत हुलाक भवनको आज निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले भवनभित्रका कार्यकक्ष, सुरक्षा व्यवस्था, पानी र अग्नी नियन्त्रण व्यवस्थापन, आपतकालीन निकासलगायतका पक्षहरुको अवलोकन गरे।

निरीक्षणका मन्त्री तिमिल्सिनाले हालसम्मको प्रगति, देखापरेका समस्या र समाधानका उपाय सम्बन्धमा विस्तृत रुपमा छलफल गरेका थिए। सो अवसरमा विभागका महानिर्देशक, सहरी विकास तथा भवन निर्माण विभाग उपमहानिर्देशकलगायतको उपस्थिति थियो।