Logo

सेतीको खोचमा खसेकी पवित्रालाई ‘केटा मन नपरेको’ खुलासा, साथीहरुले भनेः आफै फाल हालेजस्तो लाग्छ (भिडियोसहित)



काठमाडौं, ३१ वैशाख । तनहुँस्थित रक गार्डेनका रुपमा चर्चित सेतीको खोचमा खसेकी पवित्रा लम्साल अझै वेपत्ता छिन् । उनको व्यापक खोजी भइरहेको छ ।

पवित्रा खसेपछि हात दिएको उनीसँगै गएका दुई साथीले बताएका छन् । साथीहरुका अनुसार रक गार्डेनमा फोटो खिच्न आग्रह गरेकी थिइन् ।

देवरको फोन आएको छ भन्दै भेट्न जाने आग्रह गरेको बताइन् । कुर्नुपर्ने भन्दै जान भनेको सुनाइन् ।

टिकटक बनाउन लाग्दा वेपत्ता भनिएकी युवती पवित्रा लम्साल जोखिम मोलेर सेतीको पानीसम्म पुगेको देखिन्छ । साथीहरु चिच्याइरहँदा पनि पवित्रा तल गइन् । उनले फोटो खिच्न भनेको साथीहरुले सुनाए ।

साथीहरुले आफै हाम फालेको कि चिप्लिएको भन्दा उत्तर दिए, ‘खै !’ नजान भन्दा भन्दै गएको समेत बताए । भिडियोमा पनि साथीहरुले चिच्याएर रोक्न खोजेको सुनिन्छ ।

सँगै गएकामध्ये एक साथी देविका पौडेलले भनिन्, ‘आफै हाम फालेको जस्तो लाग्छ । डुबेपछि हात दिएको र सिमसिम पानी परेको थियो ।’

पवित्राले आफूलाई केटा मन नपरेको भनेको साथीहरुले बताए । सँगै गएकामध्ये एकले भनिन्, ‘केटा मन नपरेको र धेरै दुःख रहेछ भनिन् ।’

पवित्राको विवाह भएको समेत आफूहरुलाई जानकारी नभएको बताए । साथीहरुले भने, ‘विहान उठ्यो लिपपोत गर्यो, खाना बनाएर घाँस काट्न जानुपर्ने रहेछ । कसरी सक्ने हो मैंले भनिन् ।’

५ दिन अघि विवाह गरेर माइती पुगेकी पवित्रा तनहुँको शुक्लागण्डकी नगरपालिका ८ को पुल्चोकस्थित रक गार्डेन भनिने सेती नदीमा खसेकी हुन् । १९ वर्षीया पवित्रा दुरान फर्काउन माइतीघर गएकी थिइन् ।

भिडियोमा पवित्रालाई ‘लाछी भन्छन्’ भन्दै नदीमा नजान भनिएको सुनिन्छ । पवित्राको शुक्ला ८ लालिम माइती घर हो । भीमाद १ मा उनका विवाह भएको थियो ।



प्रतिक्रिया दिनुहोस्