पोखरा महानगरमा धनराजले अग्रता बढाउँदै


पोखरा, जेठ २ । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन्। गएरातिसम्म झिनो मतान्तरले अघि रहेका उनले सोमबार बिहानसम्म आइपुग्दा मतान्तर बढाएर ३ सय ५७ पुर्‍याएका हुन्।

हालसम्म ८ हजार ६ सय ९३ मत गणना सम्पन्न हुँदा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ३ हजार ४ सय ६५ मत ल्याएर अग्रता बनाएका छन्। उनलाई नेकपा एमालेका कृष्ण थापाले ३ हजार १ सय ८ मत ल्याएर पछ्याइरहेका छन्।

त्यस्तै राप्रपाका शंकर खरालले ४ सय ६२ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले २ सय १२ मत प्राप्त गरेका छन्।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले झिनो मतको अग्रता कायम राखेकी छन्। गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी काँग्रेस उम्मेदवार उनले नेकपा एमालेकी मञ्जुदेवी गुरुङलाई २५ मतान्तरले पछि पारेकी छन्। रानाभाटले हालसम्म ३ हजार ६ सय मत ल्याएकी छन्। एमालेकी गुरुङले ३ हजार ५ सय ७५ मत प्राप्त गरेकी छन्। राप्रपाकी रञ्जना सेनले ४३२ मत प्राप्त गरेकी छन्।

Skip This

Omoda E5 Pro