सरकारले पेट्रोलियमको १० रूपैयाँ कर घटायो, अव प्रतिलिटर १० रुपैयाँ घट्ने


काठमाडौं, जेठ १३ । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने निर्णय गरेको छ। प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जेठ १० गते बसेको मन्त्रिपरिषदको बैठकले पूर्वाधार कर हटाउने निर्णय गरेको बताएका छन् ।

मन्त्रिपरिषदबाट निर्णय भएर कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गृहकार्य गरिरहेको मन्त्री बडूले बताए। १० रुपैयाँ कर हटेपछि पेट्रोल १० रुपैयाँ सस्तो हुने भएको छ।

Skip This

Omoda E5 Pro