Logo

अर्को मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोक्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया



काठमाडौं, १० साउन । प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले मन्त्रिपरिषद्को अब बस्ने बैठकले संघीय संसद्को निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् । आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमार्फत उनले यस्तो खुलासा गरेका हुन् ।

आयोगले यसअघि मंसिरको पहिलो हप्ता गर्नेगरि निर्वाचनको मिति सरकारलाई सिफारिश गरेको छ । आयोगले एकै चरणमा गर्नेगरि निर्वाचनको मिति सिफारिश गरेको थियो । उनले अब बस्ने क्याबिनेटको बैठकबाट मंसिरको ४ गते निर्वाचन हुने गरी मिति तोकियो भने आश्चर्य नमान्न भनेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्