काठमाडौं, साउन २७ । प्रतिनिधि सभाकी उपसभामुख रुवि कुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीलाई लक्षित गदैै अशोभनीय टिप्पणी गरेकी छन् । समाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी सार्वजनिक गर्दै उनले पत्रकार श्रेष्ठलाई सरकारले पक्राउ गरेर ठीक गरेको प्रतिक्रिया दिएकी छिन् । उपसभामुख ठाकुरले
पत्रकारिताको भेषमा श्रेष्ठले महिलाहरुलाई आत्महत्या गर्न बाध्य पारिरहेको आरोपसमेत लगाउदै लेखेकी छिन्, ‘यो श्रीसा कार्की लाई आत्महत्या गराउने र कयौं युवतीलाई आत्महत्या दुरुत्साहन गर्ने पत्रकारको भेषमा राक्षस नै हो । यसले कयौं महिला दिदिबहिनीको चरित्र हत्या गरेको छ । यसको जनआस्था पत्रकार आचार संहिता विपरीत रहेको छ । यो राक्षस लाई के भन्ने ???? ’ यद्यपि उनले यो पोष्ट अहिले हटाइसकेकी छन् ।

श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको थियो। उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हाल श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । उनलाई भोली अदालतमा उपस्थित गराउने प्रहरीको तयारी रहेको छ ।




प्रतिक्रिया