Logo

लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीका लागि कांग्रेसका चौधरीको दाबी पेश



काठमाडौं, १२ चैत्र । लुम्बिनी प्रदेश सरकार निर्माणका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता डिल्ली बहादुर चौधरीलाई मुख्यमन्त्री बनाउन ८ दलले माग गरेका छन्।

वर्तमान एमालेबाट प्रदेश सरकारमा मुख्यमन्त्री रहेका लिला गिरी नेतृत्वको सरकारलाई आइतबार बिहान नेकपा माओवादी केन्द्रसहित लुम्बिनी प्रदेशका ६ दलले दिएको समर्थन फिर्ता लिएका थिए।

सो लगत्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका आठ दलले कांग्रेसका चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई पत्र बुझाएका हुन्।

संवैधानिक व्यवस्थाअनुसार सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिए विश्वासको मत लिन मुख्यमन्त्रीसँग ३० दिनको समय हुन्छ। तर लुम्बिनीमा ८ दलले समर्थन फिर्ता लिएकै दिन प्रदेश प्रमुख समक्ष चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गरेका हुन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot