Logo

‘प्रचण्डले एमाले देखाएर कांग्रेस तर्साउने काम नगरे हुन्छ’



काठमाडौं, १० कात्तिक । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अब एमालेले कान्छी औंलो पनि नदिने बताएका छन् ।

हिजो प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्डले एमाले देखाएर कांग्रेस तर्साउने गरेको भन्दै उक्त काम बेकारको भएको बताएका हुन् ।

प्रचण्डले एमाले विभाजनमा खेलेको भूमिका, युद्धकालमा एमालेका कार्यकर्ता छानीछानी हत्या गरेको र अन्तमा एमालेसँग मिलेर एमालेनै समाप्त पार्न खोजेको भन्दै उनले अब एमाले–माओवादीबीच सहकार्य असम्भव रहेको बताए ।

‘अब कठै भन्दाखेरी उहाँ (प्रचण्ड) लाई कसैले कान्छी औंला पनि दिनेवाला छैन । एमालेले कान्छी औंला पनि दिँदैन प्रचण्डलाई । एमाले देखाएर कांग्रेस तर्साउने काम नगरे हुन्छ । त्यो बेकारको कुरा हो । उहाँले एमालेलाई समाप्त पार्न बाहिरबाट सबै गर्नुभयो । हाम्रा तीन सय कार्यकता चकाचक काटेर युद्धको नाममा ज्यान लिनुभो । हामीले त्यो विर्सेका छैनौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot