राष्ट्रिय सभा निर्वाचनका लागि १२ राजनीतिक दलले पाए चुनाव चिह्न


काठमाडौं,१ पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले आयोगमा दर्ता भएका १२ राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरेको छ ।

आयोगको आज बसेको वैठकबाट माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम राजनीतिक दलको रूपमा निर्वाचनका लागि मान्यता प्राप्त गर्न १२ राजनीतिक दलहरू दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता सहसचिव शालीकराम पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार यसरी दर्ता भएका दलहरुका लागि संवत् २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी निर्वाचन चिन्ह प्रदान गरिएको हो ।

आयेगले दिएको चिन्ह अनुासर नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) को सूर्य पहिलो नम्बारमा रहँदा नेपाली काँग्रेसको रुख दोस्रो नम्बारमा रहेको छ । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को गोलाकारभित्र हँसिया हथौडा चिन्ह तेस्रो नम्मरमा रहेको छ भने अन्य क्रमसराष्ट्रिय प्रजातन्त्र पार्टी (हलो), जनता समाजवादी पार्टी, नेपाल (ढल्केको छाता),जनमत पार्टी (लाउड स्पिकर) नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) (कलम),नागरिक उन्मुक्ति पार्टी (सादा ढकिया) लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (साइकल) नेपाल मजदुर किसान पार्टी (मादल),राष्ट्रिय जनमोर्चा (गिलास) र नेपाल समाजवादी पार्टीलाई खुलेको एक आँखा चुनाव चिन्ह प्रदान गरिएको आयोगले जनाएको छ ।

राष्ट्रिय सभामा रहेका ५९ मध्ये आगामी फागुन २० गते एक तिहाई सांसदको पदावधि सकिँदैछ । संविधानत यसरी पदावधि सकिनु ३५ दिनअघिनै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था रहेको छ । कानूनको यहि व्यवस्थाका कारण सरकारले माघ ११ गते निर्वाचन गर्ने निर्णय यसअघिनै गरिसकेको छ ।

Skip This

Omoda E5 Pro