Logo

एमाले–माओवादी नेतृत्वको सरकारलाई काँध फेर्ने छुट छैनः महेश बर्तौला



काठमाडौं, २४ फागुन । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले देश र जनतालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले नयाँ बनेको सरकारले वकास, सुशासन, समृद्धि र सामाजिक न्यायलाई ध्येय बनाए काम गर्नुपर्ने बताएका हुन् ।

उनले एमाले–माओवादीको सरकारलाई हिँड्दाहिँड्दै काँध गलेमा काँध फेर्ने छुट नरहेकोसमेत बताए । साथै, वर्तमान सरकारलाई लुलो, कमजोर र असफल हुने छुट नरहेको बताए ।

‘यो सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ । यो सरकारले विकास, सुशासन, समृद्धि र सामाजिक न्यायलाई ध्येय बनाए काम गर्नुपर्छ । यो सरकारलाई लुलो, कमजोर र असफल हुने छुट छैन । यो सरकारले समग्र देशको हितको पक्षमा काम गर्ने सामथ्र्य राख्नुपर्छ ।’ उनले भने, ‘हिँड्दाहिँड्दै काध गल्यो भने पनि काँध फेर्ने छुट यो सरकारलाई छैन । आफ्नै भारीले थितिने अवस्था बनाउने वातावरण पनि यो सरकारलाई छैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot