Logo

प्रचण्डले एमालेसँग सहकार्य गरेपछि बादल उत्साही, दिए यस्तो प्रतिक्रिया



काठमाडौं, २५ फागुन । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताको लागि आफ्नो दलसँग सहकार्य गरेपछि उत्साही भएका छन् । उनले एमाले–माओवादी सहकार्य सुरु भएपछि अब देशमा राजनीतिक स्थायित्व हुने विश्वास व्यक्त गरेका छन् । गुल्मीमा प्रेस चौतारीले आयोजना पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बादलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

अहिलेको एमाले–माओवादी गठबन्धनले मुलुकलाई आर्थिक संकटबाट पनि मुक्त गराउने उनको विश्वास छ । एमालेले लिएको समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय संकल्पपनि पूरा हुने बादलको ठोकुवा छ । एमाले–माओवादी अलग हुँदा बादलले ओलीको साथ रोजेका थिए । जनयुद्धमा बादल र प्रचण्डको सम्बन्ध सुमधुर थियो ।

यी दुई नेताबीच पछिसम्म पनि सम्बन्ध राम्रो थियो । तर, नेकपाकालिन विवादमा बादलले ओलीको साथ रोज्नुको कारण गृहमन्त्रालयको नेतृत्वमा हुँदा तत्कालिन गृहसचिव प्रेम कुमार राईले भूमिका खेलेको पनि चर्चा हुने गरेको छ । राई अध्यक्ष ओलीको विश्वासपात्र मानिने प्रशासकको रुपमा चिनिन्छन् । अहिले राई अख्तियारको प्रमुख आयुक्तको जिम्मेवारीमा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot