कोरियामा २५६९औँ बुद्ध जयन्तीको अवसरमा विशेष कार्यक्रम आयोजना हुने


कोरिया । दक्षिण कोरियामा २५६९औँ बुद्ध जयन्तीको अवसरमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ। नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा हुने उक्त कार्यक्रममार्फत ‘बुद्ध वाज बर्न इन नेपाल’ भन्ने सन्देशलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्य राखिएको हो। कार्यक्रम यही मे २६ तारिखका दिन हुने भएको हो ।

कार्यक्रमले बुद्ध जन्मभूमि नेपाललाई शान्तिको देशका रूपमा विश्वसामु थप स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

उक्त कार्यक्रममा, दक्षिण कोरियामा क्रियाशील विभिन्न सङ्घ–संस्था, सामाजिक अभियन्ता तथा नेपाली समुदायलाई गरिमामय उपस्थितिका लागि आग्रह गरिएको छ। कार्यक्रमलाई भव्य, सभ्य तथा सफल बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको आयोजक जनाएको छ।