काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गत सेप्टेम्बरमा भएको शक्तिशाली जेनजी आन्दोलनले दुई ठुला दलहरूको गठबन्धन सरकार ढालेको बताएका छन्।
भारतको राजधानी नयाँ दिल्लीमा आईटीएम युनिभर्सिटीद्वारा आयोजित डा. राममनोहर लोहिया स्मृति व्याख्यान कार्यक्रममा सम्बोधन गर्दै नेपालमा देखिएको जेनजी आन्दोलनले नयाँ राजनीतिक युगको सुरुआत गरिएको दावी गरे।
राममनोहर लोहियाको चर्चित भनाइ जिन्दा कौमें ५ साल नहीं इंतजार करती स्मरण गर्दै उनले भने, ‘नेपालमा गत सेप्टेम्बरमा हामीले जेनजीको शक्तिशाली विरोध प्रदर्शन देख्यौँ, जसले दुई ठुला दलहरूको गठबन्धन सरकारलाई ढालेरै छाड्यो। एक सचेत र जीवित नागरिक समाजले अर्को चुनावका लागि पाँच वर्ष कुरेर बस्दैन।’
३५ वर्षीय बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन हुनु र २६ वर्षीया रुबीकुमारी ठाकुर संसद्को उपसभामुखमा निर्वाचित हुनु जेनजीको उदयका महत्त्वपूर्ण उदाहरण भएको उनको भनाइ छ ।
सन् २०१५ मा धर्मनिरपेक्ष, सङ्घीय लोकतान्त्रिक संविधान जारी भएपछि नेपाल एउटा नयाँ चरणमा प्रवेश गरेको स्मरण गर्दै परम्परागत कांग्रेस र कम्युनिस्ट शक्तिभन्दा माथि उठेर नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणको आवश्यकताको विषय आफूले उठाउँदै आएको बताए।




प्रतिक्रिया