काठमाडौँ । पशुपति परिसर क्षेत्रका सडकमा बसेका व्यक्तिहरूलाई उद्धार गरेर व्यवस्थापन गर्ने विषयमा छलफल भएको छ । बुधबार काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा छलफल गरिएको हो ।
बैठकमा पशुपति परिसर क्षेत्रका सडकमा बसेका व्यक्तिहरूलाई सडकबाट उद्धार गरेर व्यवस्थापन गर्न कतिको सहज छ भन्ने विषयमा छलफल केन्द्रित भएको थियो । बैठकमा धादिङको धुनिबेसी नगरपालिकाका प्रमुख, मानव सेवा आश्रम र पशुपति क्षेत्र विकास कोषका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।
बैठकपछि उपमेयर डंगोल लगायतका प्रतिनिधिहरूले पशुपति परिसर क्षेत्रमा सडकमा बसेका व्यक्तिहरूसँग भेटघाट समेत गरे ।




प्रतिक्रिया