गण्डकीको नयाँ मन्त्रिपरिषद्,बरीयतामा को अगाडि ?


पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज मन्त्रिपरिषद् हेरफेर गरेका छन् ।

कांग्रेसबाट ४ र एमालेबाट ४ जना गरी ८ जना मन्त्री नयाँ नियुक्त भएका छन् । उनीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार शपथ गरायसक्ेका छन् ।

संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् हेरफेर भएको हो । मन्त्रिपरिषद्को वरियता अनुसार दोस्रो नम्बरमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली छन् ।

तेस्रोमा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नन्दप्रसाद न्यौपाने, चौथोमा आर्थिक मामिला मन्त्री जितबहादुर शेरचन छन् । पाँचौँमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्की, छैटौँमा उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल, सातौँमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, आठौँमा स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डे र नवौँ नम्बरमा वन तथा वातावरण मन्त्री नम्डु गुरुङलाई राखिएको छ ।