काठमाडौं, वैशाख ३ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दैछन् । प्रधानमन्त्री शाहले आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीयता कार्यान्वयन र समन्वय सुदृढीकरणबारे सामुहिक छलफल गर्न लागेका हुन् । उनले आज पदभार सम्हालेपछि पहिलोपटक प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्न लागेका हुन् ।
बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिम्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको उपस्थिति रहनेछ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भने स्वास्थ्य उपचारको क्रममा भारतमा रहेका छन् । बैठकमा प्रदेशस्तरका समस्या, प्राथमिकता र केन्द्र–प्रदेश समन्वयका विषयमा प्रत्यक्ष संवाद गरिने जनाइएको छ ।




प्रतिक्रिया