रास्वपाको दुई दिने प्रशिक्षण सुरु


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रशिक्षण कार्यक्रम सुरु भएको छ । आइतबारसम्म चल्ने प्रशिक्षण स्टाफ कलेज जावलाखेलमा जारी रहेको प्रवक्ता मनिष झाले बताए।

पार्टीको केन्द्रीय प्रशिक्षण विभागद्वारा सक्षम सांसद, सशक्त संसद् संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम राखेको हो।
कार्यक्रमको उद्घाटन उपसभापति स्वर्णिम वाग्लेले गरेका छन्।

भोलि समापन मन्तव्य सभापति रवि लामिछानेले दिने तय भएको छ।

Skip This