पुराना दलहरूको तुलनामा रास्वपा सजिलो सङ्घर्षबाट उदायो :सभापति रवि


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू जीवनी लेख्न नभई इतिहास लेख्न राजनीतिमा प्रवेश गरेको बताएका छन् ।

पार्टीका सांसदहरूका लागि आयोजना गरिएको दुई दिने प्रशिक्षणको समापन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘मैले राजनीतिलाई धेरै ठूलो सपनाको रुपमा अघि सारेको थिएँ । नेताको रुपमा एउटा मान्छे सरकारको कुन तहमा पुग्छ भन्ने ठूलो कुरा होइन,’ सभापति लामिछानेले भने, ‘सरकारमा मन्त्रीका रुपमा रहला प्रधानमन्त्रीको रुपमा रहला त्यो ठूलो कुरा होइन । तर मुलुकलाई एउटा कस्तो नेतृत्व दिंदैछौं भन्ने ठूलो कुरा होइन ।’

रारास्वपाले निर्वाचनमा पाएको मत इतिहास लेख्ने अध्यायको सुरुवात भएको भन्दै उनले पुराना राजनीतिक दलहरूको तुलनामा रास्वपा सजिलो सङ्घर्षबाट उदाएको बताए।