काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानन्यायाधीश सिफारिसमा उठेका विषयका बारेमा प्रतिक्रिया दिएका छन्।
रास्वपा सांसदहरूको प्रशिक्षणका लागि आयोजित कार्यक्रमको समापनमा आइतबार लामिछानेले न्यायालयको परम्परा र विधि मिचेर प्रधानन्यायाधीश सिफारिस गरिएको भन्ने तर्कको खण्डन गरे ।
‘संवैधानिक परिषदको निर्णय असंवैधानिक भयो, न्यायालयको परम्परा यस्तो थिएन भन्ने कुरा आइरहेको छ। म उहाँहरूलाई प्रश्न गर्छु — यो निर्णय कसरी असंवैधानिक भयो?,’ उनले भने ।
उनले ६ जनाको नाम सिफारिस रास्वपाको उपस्थितिमा नभएको र पहिलेदेखि सर्टलिस्ट भएर बसेका नामबाट क्षमता र योग्यताका आधारमा एक जना चुन्ने काम मात्र संवैधानिक परिषदले गरेको बताए।
‘हाम्रो अगाडि सर्टलिस्टमा रहेका ६ जनाको नाम आइपुग्यो। त्यसमध्ये एउटा छान्नुपर्छ भनेर हामीलाई भनियो। त्यही विधि र संविधान मान्दै हामीले एक जनालाई सिफारिस गर्यौं । यदि यो विधि गलत हो भने संविधान संशोधनको बहस चलिरहेको छ, यही बेला वरिष्ठताका आधारमा प्रधानन्यायाधीश नियुक्त गर्ने भनी संविधान संशोधन गरौं,’ उनले भने ।




प्रतिक्रिया