काठमाडौं, जेठ १७ । प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र विपक्षी सांसदहरुबीच घम्साघम्सी भएको छ । प्रतिपक्षी सांसदहरुले प्रक्रिया पूरा नगरिकन प्रस्तावहरु अघि बढाइएको भन्दै नाराबाजी गरेर वेल घेरेका थिए ।
प्रतिनिधिसभा नियमावलीको मस्यौदामा ३५ वटा संशोधन परेको छ । सभामुखले संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्न थालेपछि विपक्षी दलका सांसदहरू वेलमा पुगेर नाराबाजी गरे ।
त्यसक्रममा मर्यादापालक र विपक्षी सांसदहरुबीच धकेलाधकेल भएको थियो। तर । पछि सत्तापक्षका सांसदहरु नै प्रतिवादमा उत्रिएपछि तनाव भएको हो । त्यसपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।







प्रतिक्रिया